३ आश्विन २०८१, बिहिबार

विगतमा भएका वेतिथीको अन्त्य गर्ने उम्मेदवार न्यौपानेको प्रतिवद्धता

प्रकाशित मिति :  10 May, 2022 12:20 pm


काठमाडौँ । नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो वडामा विगतमा भएका वेतिथीको अन्त्य गर्ने बताएका छन् ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीको तर्फबाट कामपा ४ को वडाअध्यक्षमा उम्मेदवारी दिएका न्यौपानेले विगतमा भएका वेतिथी अन्त्य गर्दै अनुशासीत र भ्रष्टचार रहित वडा निर्माण गर्ने बताए ।

“विगतमा निर्वाचित जनप्रतिनिधीले आफ्ना कार्यकर्ता पोस्न विना टेन्डर ठेक्का दिँदै आएको परम्परालाई अन्त्य गर्दै उपभोक्ता समिति गठन गरेर वडाको विकास निर्माणका लाग्नेछु,” उनले भने।

अध्यक्षका उम्मेदवार न्यौपानेले व्यवसायीक व्यक्तिलाई कर छुटको व्यवस्था, युवाहरुलाई व्यवसायीक खेलकुद तालिम, ज्येष्ठ नागरिकलाई औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्थालगायतका काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

“वडाका जनप्रतिनिधीले कोरोनाको समयमा समेत आफ्नो परिवार र आफन्तलाई कोभिड खोप दिएर वडाबासीलाई वेवास्था गरेको अवस्था थियो, म वडामा विजयी भएमा परिवार र आफन्तभन्दापनि वडाबासीलाई प्राथमिकता दिएर काम गर्नेछु,” न्यौपानेले भने ।

सोही वडामा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिएका हुन ।



प्रतिक्रिया दिनुहोस !