सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण हुने
प्रकाशित मिति : 11 May, 2022 11:22 am
काठमाडौं। मतदाताहरूका लागि निर्वाचन आयोगले आज (बुधबार) र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने लागेको हो ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्र हराएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।
नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० गते स्थानीय तहको मतदान नसकिदासम्म लागू हुनेछ ।