२ माघ २०८१, बुधबार

लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

प्रकाशित मिति :  14 May, 2022 8:49 am


कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।

लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेका छन् ।

यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा ९माओवादी केन्द्र०का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गर्नुभएको छ । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ । रासस



प्रतिक्रिया दिनुहोस !