पर्वतको विहादी गाउँपालिकामा कांग्रेसको अग्रता
प्रकाशित मिति : 14 May, 2022 4:23 pm
काठमाडौं । पर्वतको विहादी गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार परविन गुरुङ १०१ ले अग्रता लिएका छन् । विहादी गाउँपालिका वडा नं। १ को २०० मत गणना हुँदा नेकपा एमालेको ओमप्रकाश कुवरले ८५ मतका साथ उनलाई पछ्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्तबहादुर गुरुङ १०२ मतका साथ अग्रस्थानमा रहेका छन् भने एमालेका मीना शर्मा तिवारीले भने ७८ मतका साथ उनलाई पछ्याएकी छन् ।