३ आश्विन २०८१, बिहिबार

पैयू गाउँपालिका-५ मा एमाले विजयी, २८ वर्षे निर्भिक बने कान्छा वडाअध्यक्ष

प्रकाशित मिति :  16 May, 2022 11:36 am


काठमाडौं । जिल्लाको पैयू गाउँपालिका वडा न ५ मा वडाअध्यक्षमा नेकपा एमाले विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका निर्भिक नारायण भुर्तेल हालसम्म निर्वाचित मध्ये कान्छा बडाअध्यक्ष बनेका छन् ।

५ दलिय गठबन्धन रहेको पैयू गाउँपालिको वडा न ५ मा भुर्तेलले माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

यस अघि माओवादी केन्द्रले जितेको स्थानमा अहिले भने भूर्तेलले बाजी मार्न सफल भएका छन् ।

देश र विदेशमा हण्डर ठक्कर खाएर नेपाली भूमि बदल्ने संकल्प बोकेका निर्भिक पर्वत र स्याङजा जिल्लामा कर्मथलो बनाएर पत्रकारिता पेशामा सग्लन्न थिए । अब उनी एमालेको तर्फबाट पैयू ५ मा वडाअध्यक्षबनेका छन् ।



प्रतिक्रिया दिनुहोस !