मंगलबार ८४.९० अंकले ओरालो लाग्यो नेप्से
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८४.९० अंक घटेर २२६५.५२ विन्दुमा झरेको छ ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबारमा २ अर्बभन्दा बढीको शेयर किनबेच भएकोमा आज १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेसँगै तीन स्टकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ।
त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। आज जाल्पा लघुवित्तको ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेका छन् भने विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।