चितवनको माडीमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेकी ताराकुमारी विजयी
प्रकाशित मिति : 17 May, 2022 5:26 pm
चितवन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।
यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन् । उनले ९ हजार ९०१ मत प्राप्त गरेर मेयरमा विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाएका छन् ।
उप मेयरमा पनि एमालेकी एलिना श्रेष्ठले ६ हजार ३०५ मतसहित निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रमा लाखमान तामाङलाई पराजित गरेकी हुन् । तामाङले ५ हजार ४३० मत ल्याएका छन् ।