रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित
प्रकाशित मिति : 18 May, 2022 9:09 am
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित भएको छ ।
अध्यक्षमा नेपाली काँग्रेसका विष्णु प्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको प्रतप्त गरेका छन्।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।