१२ मंसिर २०८१, बुधबार

बागलुङ नगरप्रमुखमा श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी

प्रकाशित मिति :  18 May, 2022 11:11 am


बागलुङ । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन ।

अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गरेका छन् । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित भएका थिए ।

उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत ल्याए ।

बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी भएको छ । वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा ९एकीकृत समाजवादी०ले, वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !