मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी
प्रकाशित मिति : 18 May, 2022 11:23 am
लेटाङ । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका भुपेन्द्रकुमार लावतीले गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकाललाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए ।
त्यस्तै उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् । उपमेयरमा निर्वाचित पोखरेलले ९ हजार ४६० मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत पाएका छन् ।