३ आश्विन २०८१, बिहिबार

स्याङ्जाको वालिङ नगरपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति :  18 May, 2022 11:40 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वालिङ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बनेका अध्यक्षमा कृष्ण खाँण र उपाध्यक्षमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् ।

खाँणले १३ हजार ७७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार दिलिप प्रताप खाँणले ११ हजार ५९३ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरि नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । तिवारीले नेकपा एमालेकी उम्मेदवार खगिसरा थापालाई ४ सय ८२ मतले अन्तर पार्दै तिवारीले १२ हजार ८२२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार खगिसरा थापाले १२हजार ३४० मत ल्यााएर परााजित भएकी छन् ।

१४ वटा वडा रहेको नगरपालिकामा, नेपाली कांग्रेसले वडा नम्बर १,२,५,१०,११ र १४ मा विजयी भएको छ भने एमालेले वडा नम्बर ३,४,६,७,८,९,१२ र १३ मा विजयी भएको छ । वालिङ नगरपालिकामा ३९ हजार ६५९ जना मतदाता रहेकोमा २६ हजार ७७४ जनाले मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !