१३ मंसिर २०८१, बिहिबार

सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

प्रकाशित मिति :  19 May, 2022 1:56 pm


काठमाडौं । जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका छन् ।

सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गरेका छन् थियो भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भए । उनको निकटम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे ।

त्यस्तै, मध्यनेपालमा कांग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भए। पाण्डेले ६ हजार ५५१ मत प्राप्त गर्नुभयो भने, उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताउनुभयो । पाण्डे यसअघिका प्रमुखसमेत छन् । प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भएका छन् । उनले ६ हजार ४१६ प्राप्त गरे भने, उनकाे निकटम प्रतिद्वन्द्वी उपेन्द्रले पाँच हजार ७४ मत प्राप्त गरे ।

सुन्दरबजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो भने, मध्यनेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !