३ आश्विन २०८१, बिहिबार

सबै उद्योग व्यवसाय बन्द गर्ने रोल्पा उद्योग बाणिज्य संघको निर्णय

प्रकाशित मिति :  23 March, 2020 7:01 pm


रोल्पा, १० चैत ।  रोल्पा उद्योग बाणिज्य संघले उद्योग व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै भोलीदेखि अर्को सूचना जारी नभएसम्मका लागि उद्योग व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष विश्वकुमार चन्दले निकालेको विज्ञप्तिमा,‘यस कठिन परिस्थितिमा हामी सम्पूर्ण उद्योगी,व्यवसायीहरु आ-आफ्नो घरभित्र बसेर आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित गराउने तथा आम उपभोक्ताहरुमा कुनै मानवीय क्षति हुन नदिने,भविष्यमा आउन सक्ने विषम परिस्थितिको मध्यनजर गर्दै सम्भावित महामारी संक्रमणको जोखिम रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि रोल्पा जिल्लाभित्र कारोबार गर्ने सम्पूर्ण उद्योगि व्यवसायीहरुले मिति २०७६ साल चैत ११ गतेदेखि अर्को सूचना नभएसम्म आफ्नो उद्योग व्यवसाय बन्द गरि…कोरोना भाईरस संक्रमण विरुद्धको अभियानमा साथ र सहयोग गरिदिनुहुन’ आग्रह गरिएको छ ।

संघले देशमा पूर्ण रुपमा आर्थिक चलायमान नहुँदासम्मकै बैंक व्याज मिनाहा गरि किस्ता अवधि बढाईदिन पनि सरकारसँग आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !