३ आश्विन २०८१, बिहिबार

रिभर फल्सको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  23 May, 2022 5:31 pm


काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । गत वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (जेठ ९ गते, सोमबार) बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा १८ लाख ५९ हजार २ सय ४२ जना लगानीकर्ताहरूले २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, १८ लाख ५ हजार ४ सय ४० जना योग्य लगानीकर्ता थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको हो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो

यसरी हेर्नुहोस् नतिजा

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न केही समय लाग्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएका छ । उक्त आइपीओको नतिजा यसरी सजिलै हेर्न सक्नुहुनेछ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np/  नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://www.prabhucapital.com/share-allotment, रिभर फल्स पावरको वेभसाइटhttps://www.riverfallshydro.com.np/ र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर सजिलै हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !