१३ मंसिर २०८१, बिहिबार

तुलसीपुर उपमहानगरको मतगणना नसकिँदै मेयर र उपमेयरमा एमालेको जीत

प्रकाशित मिति :  25 May, 2022 10:26 am


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य नसकिँदै फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका छन् ।

७४ हजार ३३६ मत खसेको उपमहानगरमा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् ।

खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अग्रता कायम रहेकाले विजयी भएकी छन् ।

चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २० हजार १४४ मत प्राप्त गरेका छन् । उनले रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी हुन ।

उपमहानगरकाे उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !