१३ मंसिर २०८१, बिहिबार

जेठ २१ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

प्रकाशित मिति :  26 May, 2022 11:51 am


काठमाडौं । जेठ २१ गते शनिबार ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेर कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने साइत निस्किएको जानकारी दिए ।

जोशीका अनुसार जेठ १८ गते बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइने गरिन्छ।

जेठ २१ गते शनिबारका दिन राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरुको उपस्थितीमा भोटो देखाइनेछ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा पु्र्याइन्छ । उक्त रथलाई ६ महिना बुङमती मन्दिरमा राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।



प्रतिक्रिया दिनुहोस !