३ आश्विन २०८१, बिहिबार

छरिएको पुँजी विकासको बाधक बन्यो: सांसद् त्रिपाठी

प्रकाशित मिति :  26 May, 2022 2:57 pm


काठमाडौं । सांसद् हृदयेश त्रिपाठीले छरिएको पुँजी देश विकासको बाधक भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले नेपालको विकासमा पुँजीको समस्या नभएको बताएका हुन् । उनले नेपालको पुँजी अत्यन्त छरिएर गएको बताए ।

“जर्मनी जो विश्वको छैठौ ठूलो अर्थतन्त्र भएको देशमा जम्मा ६ वटा बैंकले काम गरिरहेका छन्, हामीकहाँ तीन दर्जन भन्दा बढि बैंक छन्,” उनले भने, “ती बैैंक वित्तिय संस्थाको अवस्था कस्तो छ भने यसले एकातिर त्यो पुँजीलाई औधोगीकरण गर्न रोकिरहेका छ, अर्को के छ भने आयातमुखी आर्थिक गतिविधीलाई मात्रै बढवा दिएको छ ।” उत्पादनमुख लगानीमा यसले उदासिनता देखाएको त्रिपाठीको आरोप छ ।

बैंक तथा वित्तिय संस्थालाई सिमित एकटा मर्जरको बाटोमा लैजानूपर्ने उनको सुझाव छ । मर्जरमा नलगे देशको बैंकिङ प्रणलीले नै देशमा रहेको पुँजीलाई छर्ने सांदद त्रिपाठीले बताए ।



प्रतिक्रिया दिनुहोस !