१३ मंसिर २०८१, बिहिबार

तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण विजयी

प्रकाशित मिति :  27 May, 2022 7:13 am


बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।

खाँणले एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित पार्दै मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत प्राप्त गर्दा चापागाईले २३ हजार ६३१ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले हराएकी हुन । चौधरीले २३ हजार ८६ मत पाँउदा पाण्डेले ११ हजार ५४६ मत पाएका छन् ।

तिलोत्तमामा १७ वटामध्ये नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !