१३ मंसिर २०८१, बिहिबार

यी स्थानमा बर्षाको सम्भावना

प्रकाशित मिति :  27 May, 2022 7:26 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल देशमा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक\ दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक\ दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !