१३ मंसिर २०८१, बिहिबार

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित

प्रकाशित मिति :  27 May, 2022 8:09 am


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार बनेका साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

महानगरको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरमा ३ लाख २४२ मतदान रहेकोमा १ लाख ९० हजार ९६२ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !