९ पुस २०८१, मंगलबार

अभियान लघुवित्तद्वारा ग्रामिण भेगका महिलालाई सीप विकास तालिम प्रदान

प्रकाशित मिति :  28 May, 2022 3:20 pm


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामिण भेगका महिलालाई सीप विकास तालिम प्रदान गरेको छ ।

अभियानले ‘राम्रो सीप हाम्रो अभियान, उत्पादनका लागि हाम्रो योगदान’ भन्ने नाराका साथ महोत्तरीको पिपरा शाखामा कार्यालय एक दिने सीप विकास तालिम अन्तर्गत चुरा तथा टिका बनाउने तालिम सञ्चालन गरेको हो।

विभिन्न विभागीय प्रमुखहरूको समेत उपस्थिती रहेको उक्त तालिम केन्द्रीय कार्यालयका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले उद्घाटन गरेका थिए।

उक्त कार्यक्रममा शाखाका ५५ जना सदस्यहरूको सहभागिता रहेको अभियान लघुवित्तले जनाएको छ ।

“यस्ता तालिमले महिलालाई आत्मनिर्भर बनाउनुका साथ भएको आम्दानीबाट कसरी बचत गर्ने जस्ता कुराहरु सिक्न पाउछन्,” का.मु. प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने, “यस्ता तालिमबाट महिला उद्यमी बन्न प्रोत्साहन सँगै घरमा पसिरवार सँगै बसेर घरखर्च जुटाउने सकिने सीप सिकाएर आत्मनिर्भर बनाउने प्रमुख उद्देश्य हो ।”



प्रतिक्रिया दिनुहोस !