प्रतिनिधिसभा बाट नीति तथा कार्यक्रम पारित
प्रकाशित मिति : 28 May, 2022 8:56 pm
काठमाडाैं । सरकारले संघीय संसदमा प्रस्तुत गरेकाे आगामी आर्थिक बर्ष ०७९/८० काे नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
शुक्रबार राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेकाले सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । भाेली जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नेछ ।