तारा एयर अपडेट : स्थानीयले ठूलो आवाज सुनिएको जानकारी दिएपछि खोजी टोली घाँसा पुग्यो
काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा पुगेको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि खोजीका लागि टोली त्यसतर्फ पुगेको छ ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सम्पर्कविहिन जहाजमा चालक सहित २२ जना सार थिए । तारा एयरको विमान बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागि उडेको थियो ।
जहाजमा सवार १६ नेपाली र ६ जना विदेशी नागरिक सहित २२ को परिचय खुलेको । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । त्यस्तै चालकदलमा प्रभाकर घिमिरे, उसर्व पोखरेल र किस्मी थापा रहेकाे तारा एयर बताएकाे छ ।