सरकारलाई एलसी खोल्न नाडाको आग्रह
प्रकाशित मिति : 29 May, 2022 12:26 pm
काठमाडौं । नाडाले नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई नियाँल्दै ‘नाडा प्रस्पेक्टिभ करेन्ट सिनारियो-रेष्ट्रिक्सन अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइल’ सार्वजनिक गरेको छ ।
१ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउदै आएको यस क्षेत्रलाई प्रतिबन्ध लगाएकोले आयात खुलाउन माग गरेको छ । अटोमोबाइल क्षेत्रमा १ खर्व भन्दा बढीको लगानी रहेको, १ लाखलाई प्रत्यक्ष रुपमा र १० लाख नागरिकलाई अप्रत्यक्ष रुपमा रोजगारीको अवसर दिँदै आएकोले आयात खुला गर्न नाडाले माग गरेको छ ।
नाडाले केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा सुझाव पेश गरिसकेको छ ।