१३ मंसिर २०८१, बिहिबार

लिभरपुललाई हराउँदै रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधी

प्रकाशित मिति :  29 May, 2022 1:03 pm


काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको रोमाञ्चक फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै उपाधि रक्षा जितेको हो । जारी सिजनको उपाधी हात पारे सँगै रियलले हालसम्म १४औं पटक युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो ।

मैदानबाहिर सुरक्षा समस्या र संगठनात्मक अव्यवस्थाका कारण किकअफ आधा घण्टाभन्दा सुरु भएको खेलमा रियलका लागि भिनिसियस जुनियरले निर्णायक गोल गरे ।

त्यसबाहेक खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोलले मान्यता पाएन । उनको गोल अफसाइड रह्यो ।

पहिलो हाफमा उत्कृष्ट पद्धशन गरेको लिभरपुलले थुप्रै गोलको अवसर खेर फाल्यो । लिभरपुलका मोहमद सलाह, साडियो माने लगायतका उत्कृष्ट आक्रमण गरेपनि रियलका गोलकिपर थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यस अघि उनले एसी मिलानबाट दुई र रियलका लागि एक च्याम्पियन्स लिग जितेका थिए ।

लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन । रियलले पछिल्लो पटक २०१८मा लिभरपुललाई हराएर उपाधि जितेको थियो भने लिभरपुल २०१९ मा च्याम्पियन बनेको थियो ।



प्रतिक्रिया दिनुहोस !