३ आश्विन २०८१, बिहिबार

बागमतीबासीको प्रतिव्यक्ति आय २४३० डलर हुँदा मधेशबासीको ८६८ अमेरिकी डलर मात्र 

प्रकाशित मिति :  29 May, 2022 2:05 pm


काठमाडौं । देशका सात प्रदेशका बासिन्दाहरूमध्ये बागमती प्रदेश बासिन्दाको आय सर्वाधिक र मधेशको राष्ट्रिय औसतभन्दा पनि कम भएको पाइएको छ । 

सरकारले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनसार  बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २४३० अमेरिकी डलर छ भने मधेश प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा न्यून ८६८ अमेरिकी डलर रहने अनुमान छ। 

 बागमती र गण्डकी प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसत १३७२ अमेरिकी डलर भन्दा माथि रहेकोमा अन्य सबै प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसत भन्दा न्यून रहने आर्थिक सर्वेमा उल्लेख छ।  

सर्वेअनुसार बागमतीपछि गण्डकीबासीको औसत आय १४३७ अमेरिकी डलर छ, यो राष्ट्रिय औसत आयभन्दा केही बढी हो ।  

यसैगरी, प्रदेश नं १ को औसत आय १२६७ अमेरिकी डलर हुँदा मधेश प्रदेशको ८६८ अमेरिकी डलरमात्र छ भने सुदूरपश्चिम प्रदेशको १०३१ र कर्णालीको ९६४मात्र छ । 

यसले प्रदेशगत आय वितरणमा व्यापक विभेद रहेको देखाउँछ । मधेश प्रदेशको अर्थतन्त्रको आकार नै सानो भएकाले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन पनि कम देखिएको हो ।
 



प्रतिक्रिया दिनुहोस !