३ आश्विन २०८१, बिहिबार

धनगढीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

प्रकाशित मिति :  29 May, 2022 3:10 pm


संकेतिक फाइल फोटो

धनगढी। धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस !