५ आश्विन २०८१, शनिबार

आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष

प्रकाशित मिति :  29 May, 2022 4:33 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष

आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको बजेट भाषणमा आन्तरिक उत्पादन बढाउन कृषि उत्पादन सञ्चालन गरिने बताए । उनले नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको क्षेत्रको रुपमा विकास गरिने बताए ।

उनले आधारभूत कृषिजन्य उत्पादनको आयात ३० प्रतिशतले घटाई निर्यात दोब्बर पारिने बताएका छन् । आधारभूत कृषि उत्पादन धान, गँहु, मकै तरकारी फलफूलको आयात न्यूनतम ३० प्रतिशतले कम गर्ने बताएका हुन् ।

आगामी वर्ष निर्यात दोब्बर पार्ने अर्थमन्त्री शर्माले बताएका छन् । कूल आयात न्यूनतम २० प्रतिशतले घटाउने समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !