५ आश्विन २०८१, शनिबार

किसानहरुलाई प्रोत्साहन गर्न किसान हितकोषको स्थापना गर्ने

प्रकाशित मिति :  29 May, 2022 4:40 pm


काठमाडौं । सरकारले किसानहरुलाई प्रोत्साहन गर्न किसान हितकोषको स्थापना गर्ने भएको छ । आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले किसान पेन्सन योजनालाई सदुपयोग गर्न किसान हित कोषको स्थापना गर्ने बताएका हुन् ।

किसानसँग सरकार कार्यक्रममा योगदानमा आधारित किसान पेन्सन योजना ल्याउने बताउँदै अर्थमन्त्री शर्माले भने किसान हुनुमा आत्मसम्मान बढाई पेन्सन योजना योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’



प्रतिक्रिया दिनुहोस !