५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुर्नसंरचना गरिने, बजेट ५ अर्ब ९० करोड

प्रकाशित मिति :  29 May, 2022 4:48 pm


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुर्नसंरचना गरिने बताएका छन् ।

आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को लागि प्रस्तुत गरेको बजेट भाषणमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुर्नसंरचना गरी प्राविधिक र आर्थिक दृष्टिबाट सम्भाव्य वाली तथा वस्तुको जोनहरुलाई प्रदेशमा हस्तान्त्रण गर्ने व्यवस्था मिलाएको बताए ।

उनले कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रलाई उत्पादन क्षेत्रमा सेवा प्रदान गर्ने गरि किसानसँग आबद्ध गर्ने नीति अवलम्बन गरिने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड विनियोजन गरेका बताए ।

आगामी वर्ष निर्यात दोब्बर पार्ने अर्थमन्त्री शर्माले बताएका छन् । कूल आयात न्यूनतम २० प्रतिशतले घटाउने समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !