४ आश्विन २०८१, शुक्रबार

सूचना प्रविधिसँग सम्बन्धित वस्तु निर्यात गर्नेलाई सरकारले प्रोत्साहन गर्ने

प्रकाशित मिति :  29 May, 2022 5:02 pm


काठडमाडौं । सरकारले सूचना प्रविधिसँग सम्बन्धित वस्तु निर्यात गर्नेलाई प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सुचना प्रविधि निर्यात गर्नेलाई प्रोत्साहन गरिने बताएका हुन् ।

उनले कु्ल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने गरि उत्पादन मुलक उद्योग निर्माण गर्न पूर्वाधार निर्माण गर्न तथा मेशिनरी तथा औद्योगिक कच्चा पदार्थको आयात सहुलियत प्रदान गरिने बताए ।

सरकारले स्र्टाटअप व्यवसायमा सुरुवाती पुँवजी निरन्तरता दिएको छ । युवा उद्यमशिलता विकास गर्न र नवप्रवद्र्धन गर्न स्र्टाटअप व्यवसायमा सुरुवाती पूँजी निरन्तरता दिने र प्रभाव मूल्यांकन गरि सुधार गरिँदै लगिने उनले बताए । सरकारले परियोजनाको आधारमा ऋण उपलब्ध गराउने बताएको छ । ठुला तथा मझौला उद्योगले स्र्टाटपलाई सहयोग गर्नुपर्ने भएको छ । स्टार्टअपलाई अगाडी बढाउनको लागि सहयोग गर्नुपर्ने भएको हो ।

यस्ता व्यवसायमा भेन्चर क्यापिटल मार्फत पूँजी व्यवस्थापनका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरिने बताएका हुन् । साथै, वैदेशिक रोजगारीबाट फर्किएकालाई प्र्रोत्साहन गर्न च्यालेन्ज फण्ड स्थापना गरी सहुलियतपुर्ण कर्जा उपलब्ध गराइने बताए ।



प्रतिक्रिया दिनुहोस !