आगामी आर्थिक वर्ष बुटवल-नारायणगढ सडक निर्माण कार्य सकिने
प्रकाशित मिति : 29 May, 2022 5:49 pm
काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९र८० को बजेटबाट थप ८ सय किलोमिटर बाटो कोलोपत्र गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ७९८० को बजेट पेश थप गर्दै २५७ किलोमिटर सडकको स्तर उन्नती हुने बताए ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गलाई चार लेनको बताउने कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । आगामी वर्षमा नारायणगढ बुटवल सडक निर्माण कार्य सम्पन्न गरिने उनले बताए ।