आगामी बर्ष ८०० किलोमिटर सडक विस्तार
प्रकाशित मिति : 29 May, 2022 5:59 pm
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८०० किलोमिटर सडक विस्तार गर्ने लक्ष्य राखेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
उनले आगामी आर्थिक वर्ष २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना पनि बजेटमा समेटिएको जनाएका छन् । मन्त्री शर्माका अनुसार संघ, प्रदेश र स्थानीय तहको सडक कार्यक्षेत्र निर्धारण गरिनेछ ।