१३ मंसिर २०८१, बिहिबार

काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि ३० अर्ब ७ करोड विनियोजन

प्रकाशित मिति :  29 May, 2022 6:04 pm


काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि आगामी वर्षमा ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई आगामी वर्षको लागि ३० अर्ब रुपैयाँ छुट्याएको बताएका छन् ।

चार लेनको यो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घण्टामा आइपुगिने अनुमान छ ।

डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर कायम गरिएको छ भने तराईमा २७ मिटर हुनेछ । सुरुङमार्गमा ८७ वटा पुल हुनेछ । प्यासेन्जर अण्डरपास १२, ओभरपास एउटा तथा सवारी अण्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !