४ आश्विन २०८१, शुक्रबार

सञ्‍चार मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैँया विनियोजन, बनेपामा अत्याधुनिक इनडोर स्टुडियो बनाइने

प्रकाशित मिति :  29 May, 2022 6:16 pm


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटबाट सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैँया विनियोजन गरको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ७९८० को बजेट पेश गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५९ करोड रुपैँया विनियोजन गरको बताए ।

त्यसैगरी काभ्रेको बनेपालमा अत्याधुनिक इनडोर स्टुडियो निर्माण गरि सञ्चालनमा ल्याइने अर्थमन्त्री शर्माले बताए ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यन्वयन गरि पहिलो चरणमा संघिय मन्त्रालयहरुलाई डिजिटल कार्यालयका रुपमा रुपान्त्रण गरिने उनले जानकरी दिए ।



प्रतिक्रिया दिनुहोस !