३ आश्विन २०८१, बिहिबार

वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओमा १० प्रतिशत आरक्षण

प्रकाशित मिति :  29 May, 2022 6:32 pm


काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।

आइतबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रि जर्नादन शर्माले साधारण सेयर निष्काशन गर्दा कुल कित्ता सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरुलाई लागि आरक्षणको व्यवस्था गरिएको बताए ।

कुनै पनि कम्पनीले प्राथमिक रुपमा जारी गर्ने साधारण सेयरको कुल कित्ताको १० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरुका लागि आरक्षण गरिने उनले बताएका हुन् ।

यस्तै, अर्थमन्त्रीले गैरआवासीय नेपालीले पनि धितोपत्र बजारमा लगानी गर्न पाउने गरी आवश्यक कानुनी व्यवस्था गरिने बताए



प्रतिक्रिया दिनुहोस !