५ आश्विन २०८१, शनिबार

स्वदेशमा कृषि यन्त्र बनाउने उद्योगलाई ५ वर्षसम्म आयकर छुट

प्रकाशित मिति :  29 May, 2022 6:54 pm


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० कृषि कर्मका लागि चाहिने यन्त्र, उपकरण वा पार्टपुर्जा बनाउने उद्योगलाई प्रोत्साहन गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष ७९/८० को बजेट पेश गर्दै कृषिका लागि आवश्यक पर्ने यन्त्र, उपकरण वा पार्टपूर्जा उत्पादन गर्ने कृषि औजार कारखाना नेपालमा नै खोल्न सरकारले प्रोत्साहन वापत यस्ता उद्योग स्थापना भई कारोबार सञ्चालन भएको ५ वर्ष सम्म आयकर पूर्ण रुपले छुट दिने बताए ।



प्रतिक्रिया दिनुहोस !