१२ मंसिर २०८१, बुधबार

तारा एयर दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइने

प्रकाशित मिति :  30 May, 2022 10:58 am


काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरि सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् ।

शवलाई काठमाडौं ल्याउने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो । जहाजमा १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

आइतवार दिनभरी खोजी कार्य भएपनि खराब मौसमका कारण जहाज उड्न नसकेकाले आज बिहान मात्र जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।



प्रतिक्रिया दिनुहोस !