३ आश्विन २०८१, बिहिबार

सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

प्रकाशित मिति :  31 May, 2022 7:03 pm


काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् ।

एकवर्ष देखि खाली रहेको बैंकको डेपुटी सिइओमा सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । रायमाझीलाई जेठ १८ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त गरेको छ ।

सिभिल बैंकको विगत साँढे चार वर्षदेखि प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीले १८ गतेदेखि कार्यभार सम्हाल्ने छन् । उनले नेपाल बंगलादेश बैंकबाट बैंकिंङ करियर शुरु गरेका हुन् । रायमाझीसँग नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ ।



प्रतिक्रिया दिनुहोस !