१२ मंसिर २०८१, बुधबार

दलका कार्यकर्ताप्रति मिश्रकाे राेष, भने ‘म खुइलिँए तपाइकाे राजनीतिक अभिष्ट पुरा हाेस्’

प्रकाशित मिति :  1 June, 2022 11:28 am


काठमाडाैं । विवेकशील साझा पार्टीका सदस्य रवीन्द्र मिश्रले राजनीतिक दलका नेता/कार्यकर्ताप्रति राेष प्रकट गरेका छन् । स्थानीय तह सदस्य निर्वाचनमा व्यवहाेरेकाे पराजयकाे नैतिक जिम्मेवारी लिँदै पार्टीको अध्यक्षबाट राजीनामा दिएका मिश्रले राजनीतिक दलका कार्यकर्ताप्रति गुनासाे गरेका हुन्।

अध्यक्ष पदबाट राजीनामा दिएकाे एकसातापछि बुधवार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ”अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पुरा होस्।” उनले जेठ ११ गते सदस्य मात्र रहने गरी पार्टी अध्यक्षबाट राजीनामा दिएकाे घाेषणा गरेका थिए ।

‘तपाईलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि!’ नाम उल्लेख नगरी कुनै समय यसाे भन्ने व्यक्तिहरूप्रति भन्दै ती व्यक्तिकाे राजनीतिक अभिष्ट पुरा हाेस् भनेर व्यङ्ग्यात्मक कामना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !