५ आश्विन २०८१, शनिबार

सन्दर्भः विश्व दूध दिवस; उत्पादन वर्षेनी बढ्दाे, बजार अभाव भने कायमै

प्रकाशित मिति :  1 June, 2022 1:23 pm


काठमाडौं । हरेक वर्ष जून १ तारिकमा मनाइने दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पु-याएको योगदानको मनन गर्दै दूध माथिको पहुच बढनउन खाद्य तथा कृषि संगठन एफएओ ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेका हो । 

जन्तालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन शुरु गरीएको हो । बुधवार देशभर विभिन्न कार्यक्रम गर्दै मनाइदैछ ।

अन्तराष्ट्रिय दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साईन्स एशोशिएसनको सहयोगमा वृद्धाश्रमका बृद्ध बृद्धालाई दुग्धपान, मा.वि.स्तरीय उपत्यका व्यापी बक्तृत्व कला प्रतियोगिता, दुग्ध क्षेत्रमा योगदान पु-याउने विशिष्ठ व्यक्तिलाई सम्मान कार्यक्रम, सम्मेलनमार्फत विश्व दूध दिवसको शुभकामना आदन प्रदान आदि कार्यक्रम छ । 

सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायतका सरोकारवाला निकायहरुले विश्व दूध दिवस मनाउने कार्यक्रम रहेको छ । 

याे वर्षकाे अन्तराष्ट्रिय दूध दिवसकाे नारा ‘दीर्घ जीवन, गुणस्तरिय दूध तथा दुग्ध पदार्थ सेवन’ तय गरिएकाे छ । अन्तराष्ट्रिय रूपमा दूध दिवस मनाउन थालिएकाे याे वर्ष २२ औं वर्ष हाे भने नेपालमा पनि आजै राष्ट्रिय दूध दिवस पनि मनाइदैछ।

पछिल्लो ६ वर्षमा ६ लाख २५ हजार ६ सय ४२ मेट्रिक टन दूध उत्पादन बढे पनि बजारमा दूधको अभाव भने कायम छ । दूधजन्य उत्पादनमा विविधीकरण भई खपत बढेका कारण दूधको उत्पादन भन्दा माग बढि भएको सरोकारवाला बताउछन् ।  उत्पादन ४ प्रतिशतले र माग १० प्रतिशतले बढेकाे तथ्यांक छ । जसले गर्दा माग अनुसार दूधकाे पूर्ति हुन सकेकाे छैन ।

कुल ग्राहस्थ उत्पादनमा दुग्ध क्षेत्रकाे याेगदान मात्र करिव ९ प्रतिशत रहेकाे छ । बाेर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी सहजीकरणका लागि लाेगाेकाे व्यवस्थासमेत गरेकाे छ ।

तथ्याकंमा दूध उत्पादन

नेपाल दूध उत्पादनमा वृद्धि पछिल्लो ६ वर्ष यताकै उच्च भएको पाइएको छ । दुग्ध विकास बोर्डले सार्वजनिक गरेका तथ्याकं अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा उत्पादन उच्च दरले बढेको हो । 

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कूल दूधको उत्पादन अहिलेसम्मकै सर्वाधिक २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूध उत्पादन भएको बोर्डको तथ्याकं छ । आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ मा कूल दूध उत्पादनमा १ लाख ७८ हजार ८९९ मेट्रिक टनको अन्तर छ । 

तथ्याकं अनुसार आर्थिक वर्ष २०७२/७३ मा कूल १८ लाख ५४ हजार २ सय ४७ मेट्रिक टन दूध उत्पादन भएको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा कूल १८ लाख ११ हजार २३९ मेट्रिक टन दूध उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा कूल २० लाख ९२ हजार ४०३ मेट्रिक टन दूध उत्पादन भएको देखिन्छ । 

आर्थिक वर्ष २०७५/७६ मा कूल २१ लाख ६८ हजार ४३४ मेट्रिक टन दूध उत्पादन भएकोमा आर्थिक वर्ष २०७६ ७७ मा यो उत्पादन बढेर २३ लाख १ हजार मेट्रिक टन दूध उत्पादन भएको छ । 



प्रतिक्रिया दिनुहोस !