१२ मंसिर २०८१, बुधबार

जोन्टा क्लब अफ काठमाडौंको नवाैँ बार्षिक साधारणसभा सम्पन्र, नयाँ अध्यक्षमा शाह

प्रकाशित मिति :  1 June, 2022 6:24 pm


काठमाडौं ।  जोन्टा क्लब अफ काठमाडौंको नवाैँ वार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्र भएको छ । 

कार्यक्रममा क्लबको निवर्तमान अध्यक्ष सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ अध्यक्ष चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गरिन्।

गोल्छाले आफ्नो कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराउदैँ, कोरोनाको कहरमा पुरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ  जोन्टा कल्ब अफ काठमाडौंले गरेका उदाहरणिय कार्यहरुको बारेमा चर्चा गरेकी थिइन् । 

समारोहमा नव निर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्नेुका साथै नेपाली महिलाहरुका  हक हित, अधिकार, शिक्षा, रोजगार र  आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने  प्रण गरेकी थिइन् । 

कार्यक्रममा भाइस एरिया डाइरेक्टर मिरा ज्योती, भाइस प्रेसिडेन्ट कमल केशरी  तुलाधर ,टेर्जरर  मृदुला राजभण्डारी, तथा  भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा क्लबले गरिरहेको कामको चर्चा र गर्नुपर्ने कार्यको बारेमा सुझाव र धारणा राखेका थिए ।

साथै  कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निशा के सी, सितु प्रधान, स्वस्तिका खनाल , निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरेका थिए । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक संस्था हो।

शिक्षा, स्वास्थ्य, मानवअधिकार, समानता र आर्थिक सशक्तकरण, बाल बिवाह, मानव बेचबिखन, लौङ्गिक हिंसा र विभेद लगायत बिभिन्र क्षेत्रमा नेपालमा बिगत नौ वर्षदेखि काम गर्दै आएको जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !