५ आश्विन २०८१, शनिबार

विश्व दूध दिवस: दुग्धजन्य उत्पादनकाे विविधतामा जोड

प्रकाशित मिति :  1 June, 2022 7:49 pm


काठमााडौं । हरेक वर्ष जून १ तारिकमा मनाइने दूध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूध माथिको पहुच बढनउन खाद्य तथा कृषि संगठन (एफएओ) ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेका हो ।

जन्तालाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन शुरु गरीएको हो । बुधवार देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

अन्तराष्ट्रिय दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि।, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लि। तथा नेपाल डेरी साईन्स एशोशिएसनको सहकार्यका शुभकामना आधानप्रदान गरी दूग्ध दिवस मनाइएको छ ।

डेरी क्षेत्रका किसान देखि विज्ञ सम्मको उपस्थितीमा रहेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले दूग्धजन्य उत्पादनमा विविधीकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण प्रसाद देवकोटाले कोभिडले समस्या निम्त्याएको मात्र होइन, त्यसले अवसर सँगै नयाँ विकल्पको खोजी समेत गरेको बताएका छन्। दुग्धजन्य पदार्थको विविधीकरण गर्न उत्पादकलाई तालिम दिएर नयाँ उत्पादनमा पनि जोड दिनुपर्ने उनको सुझाव छ । नेपालबाट दुग्धजन्य उत्पादन सहज ढंगले निर्यात गर्ने परिपाटि मिलाउन आवश्यक भएको उनले बताए। दुग्ध संकलन गर्ने सहकारी तथा संघलाई सुदृढीकरण, पशु बीमालाई व्यवस्थित गरे किसानले ढुक्कसँग दूध उत्पान गर्ने वातावरणको निर्माण हुने बताए ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमा दाहालले विश्व दूध दिवस मनाउदा यसले आम जनतामा राम्रो सन्देश जाने बताउदै उपभोक्ता शिक्षालाई केन्द्रित गर्नुपर्ने बताए । डेरी क्षेत्रका विद्यमान समस्यामध्ये कति समस्या अहिले समाधान गर्न सकिन्छ र कति समस्याको समाधान दिर्घकालिन रूपमा गर्दै लैजान सकिन्छ त्यसको लेखाजोखा राख्नुपर्ने उनको भनाइ छ ।

नेपाल डेरी एसोशिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुग्ध दिवसलाई विशेष पर्वसरह मनाएर आम जनतामा सकरात्मक सन्देश दिनपर्ने बताए। “हाम्रो दूधको क्वालीटिबारे जनतालाई जनचेतना जगाउन जरूरी छ,” उनले भने, “वर्षाैदेखि दूधका अभाव भनिरहेका छौं, गाउँमा दूध उठाउन नजाने अनि सहरमा दूध पाइएन भन्ने गुनासो गरेर मात्र हुन्छ ।” डेरी व्यवसायीले पनि एकथरीका उत्पादन गरेर बस्ने भन्दा नयाँ स्वादका परिकार बजारमा लैजान पर्ने उनको सुझाव थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले नेपालबाट निर्यात हुने छुर्पीको बजारीकरण गर्न सके प्रचुर सम्भावना रहेको बताए । “हरेका वर्ष दूध उत्पादन उल्लेख्य वृद्धि गराउने किसानलाई सम्मान गर्न चाहान्छु । भ्रम नपरोस, नेपालको दूध अशुद्ध छैन, त्यसमा थप सुधार गर्न आवश्यक हो,” उनले भने, “भारतबाट दूध आयात गर्ने होइन, गाउमा जाउ न भारतबाट निर्वाध दूध ल्याउने अवस्था आए हाम्रा किसान पलायनका बाटोमा जान्छन्।” नेपाल अगाडि बढिसकेका कृषिजन्य वस्तुका विदेशी लगानी आवश्यक नभएको उनले भनाई छ ।

पशु सेवा विभाग, उपमहानिर्देशक जीवलाल लम्साले पाउडर प्लान्टमा निजी क्षेत्रबाट धेरै लगानी र पहल भएपनि त्यसका लागी चाहिने कच्चा पदार्थ कहाँबाट ल्याउने सुनिश्चितता नहुदा थप संकट आउन सक्न बताए। “पाउडर प्लान्ट दूग्ध क्षेत्रकै सर्वाधिक खर्च हुने उद्योग हो। यसका लागि हामिकहाँ कच्चा पदार्थ छरु पपुरालिटिको लागि मात्र अघि सारियो, परनिर्भर भएर देशका उद्योग चल्न सक्दैनन्। हतारोमा पाउडर प्लान्ट खोलियो,” लम्सालले भने ।

दुग्ध विकास संस्थानका उपमहानिर्दिशक राजेन्द्र अधिकारीले प्रशोधित दूधको बजारीकरणका लागि सबै मिलेर जनचेतना फैलाउनुपर्ने बताए। दूधको खरिद बिक्रि नेटवर्क फ्रेमभित्र रहेर नीतिगत सम्झौता गरेर जानुपर्ने उनको भनाइ छ। सिजनमा दूध फालाफाल र अफसिजनमा चरम अभावको खाडल बढ्दै गएकाले यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !