प्राथमिकताको क्षेत्र हेर्दा अहिलेको बजेट कम हुन्छः अर्थविद् प्याकुरेल
प्रकाशित मिति : 1 June, 2022 11:21 pm
काठमाडौं । अर्थविद् प्रा.डा. विश्म्बर प्याकुरेलले बजेटले प्राथमिकता दिएको क्षेत्र हेर्दा अहिलेको बजेटले कम हुने बताएका छन् । १७ खर्ब ९३ अर्ब ८३ करोड बजेटले सबै क्षेत्रलाई छोएकोले बजेटको आकार सानो देखिएको उनले बताए । उनले आगामी वर्षे मुद्रस्फिती दोहोरो अंकमा पुग्न सक्ने बताएका छन् ।
अहिले अर्थतन्त्र श्रीलंकाको जस्तो नभएको बताए । उनले भने,“हामी श्रीलंकाको स्थितीमा जस्तो पुग्दैनौं जस्तो लाग्छ । नेपालको अर्थतन्त्रमा डिलबाट धकेलेर झरी हाल्ने अवस्थामा छैन ।”
उनले अहिले नेपालमा भएको आर्थिक वृद्धिदर सोचेको भन्दा फरक आएको बताए । केन्द्रिय तथ्यांक विभागले ५.८४ हुने अनुमान गरेकोले सोचेको भन्दा फरक आएको बताएका हुन् ।