५ आश्विन २०८१, शनिबार

शर्माको अध्यक्षतामा बाली संरक्षण समाज नेपालको नयाँ कार्यसमिति

प्रकाशित मिति :  2 June, 2022 9:28 am


काठमाडौं । डा. डिल्लीराम शर्माको अध्यक्षतामा बाली संरक्षण समिति नेपालको नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा बुधवार आयोजित साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्षमा सहदेव प्रसाद हुमागाई, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा देवराज अधिकारी र कोषाध्यक्षमा सावित्री बराल चयन भएको निर्वाचन अधिकृत परशुराम अधिकारीले जानकारी दिए।

समाजको सदस्यहरुमा कपिल काफ्ले, ललित साह, सुरेन्द्र सुवेदी, रामप्रसाद मैनाली, श्रृखला मानन्धर र ध्रुवराज भट्ट रहेका छन्।

बाली संरक्षणको क्षेत्रमा कार्यरत कर्मचारी, नीति निर्माता, अनुसन्धानकर्ता, अध्यापक, प्राविधक तथा व्यवसायीसमेतको साझा संस्थाको रुपमा समितिको गठन २०५९ चैत १४ गते भएको हो ।

बाली संरक्षणको क्षेत्रमा कार्यरतको मनोवल उच्च बनाउन विभिन्न गतिविधिहरु गर्ने, विषादी व्यवस्थापन तथा बाली संरक्षण लगायतका विषयमा जनचेतना जगाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सहयोग गर्ने लगायतका उद्देश्य समितिको छ ।



प्रतिक्रिया दिनुहोस !