१० पुस २०८१, बुधबार

एनसेलले ल्यायो मनसुन अफर

प्रकाशित मिति :  2 June, 2022 12:42 pm


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुनको अफर ल्याएको छ । अफर अन्र्तगत ग्राहकहरुले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

प्याक विहिबारबाट संचालनमा आएका छन् । अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने डेटा प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएकोे छ। एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।

डेटा सँगै एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्नेछन् ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्नेछन् । उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्ने एनसेलले उल्लेख गरेको छ । यी अल नेट प्याकहरु एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ ।

यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !