४ आश्विन २०८१, शुक्रबार

बचेको बिजुली भारत निर्यात गर्दै प्राधिकरण

प्रकाशित मिति :  2 June, 2022 12:56 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ ।

नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स)मा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

प्रत्येक ब्लकका बिजुली फरक(फरक मूल्यमा बिक्री हुन्छ । त्यसअनुसार नेपालले कुनै ब्लकमा अधिकतम् भारू १२ सम्म मूल्य पाउनेछ । औसत रुपमा प्रतियुनिट ६.२८ भारतीय रूपैयाँ ९१० रूपैयाँ ४ पैसा नेपाली रूपैयाँ० सम्ममा बिजुली बिक्री हुने देखिएको प्रवक्ता भट्टराईले बताए ।

प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७।७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !