४ आश्विन २०८१, शुक्रबार

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण

प्रकाशित मिति :  2 June, 2022 2:23 pm


काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा चालकदलका सदस्य सहित २२ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा निधन हुने सबैको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको तारा एयरले जनाएको छ । ।

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं टिचिङ अस्पतालमा ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !