पर्वतलाई संघीय सरकारको २ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ, कुन पालिकामा कति ?
काठमाडौं । पर्वत जिल्लामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले पर्वतका स्थानीय तहलाई २ अर्ब ९६ करोड ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
जसमध्ये नगरपालिकालाई १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ उपलब्ध गराइएकोे छ भने गाउँपालिकालाई १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ छुट्याइएको छ ।
पर्वत जिल्लामा २ नगरपालिका र ५ गाउँपालिका गरेर जम्मा ७ वटा पालिका रहेका छन् ।
जसमध्ये कुश्मा नगरपालिका सबैभन्दा बढी रकम परेको छ भने महाशिला गाउँपालिकालाई सबैभन्दा कम रकम परेको छ ।
कुश्मा नगरपालिकालाई ६६ करोड १४ लाख रुपैयाँ परेको छ भने सबैभन्दा कम महाशिला गाउँपालिकालाई २५ करोड ६४ लाख रुपैयाँ परेको छ ।
त्यस्तै फलेवास नगरपालिकालाई ६५ करोड, ५९ लाख रुपैयाँ परेको छ भने जलजला गाउँपालिकालाई ३६ करोड ३१ लाख रुपैयाँ, पैयूँ गाउँपालिकामा ३२ करोड, मोदी गाउँपालिकामा ४० करोड २० लाख रुपैयाँ र विहादी गाउँपालिकामा ३ करोड ७९ रुपैयाँ बजेट परेको छ ।