३ आश्विन २०८१, बिहिबार

लक डाउन उल्लंघनले दाङमा प्रहरी हैरान, तुलसीपुरका प्रमुखले भने,‘हरे राम !’

प्रकाशित मिति :  24 March, 2020 3:10 pm


दाङ, ११ चैत । सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेको भन्दै दाङको तुलसीपुरबाट मात्रै दुईसय बढि मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार दिउँसो १२ बजेभित्रमात्रै २ सय मोटरसाईकल नियन्त्रणमा लिएको हो । लकडाउनको नागरिकस्तरमा वेवास्था गरिएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले सामाजिक सञ्जाल फेसबुकमा दिक्दारी व्यक्त गरेका छन् । १२ बजेतिर स्टाटस लेख्दै नागरिकले संवेदनशीलता नबुझेको टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्,‘प्रहरीले बन्द गराउँदै हिड्नुपर्ने, नागरिकले उल्टै जाई लाग्ने । हरे राम ।।।। न नागरिकलाई चिन्ता न त प्रहरीलाई डर । राम भरोसे ।’

सरकारले घोषणा गरेको लकडाउन अबज्ञा गर्नेलाई कारवाही गरिरहेको पनि दाङ प्रहरीले स्पष्ट पारेको छ । सरकारले कोरोना भाईरस संक्रमण रोक्न लक डाउन गरिरहेको भएपनि अबज्ञा गर्नेहरुलाई कारवाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

जिल्ला प्रशासन कार्यालय दाङले खाद्यान्नका लागि विहान ६ बजेदेखि ९ बजेसम्मको समय छुट्टाको छ । तर लकडाउनको पहिलो दिन सर्वसाधाणले वेवास्था गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !